लघुकथा : घोषणा
डा. रामहरि पौड्याल
पृथ्बी रिसाइन! कहिले सुनामी बनेर, कहिले कट्रिना बनेर, कहिले कामिन भुकम्प भएर, कहिले थर्काइन बाढी पैरो बनेर, कहिले प्रचण्ड आगो ओकलिन, कहिले चिसींइन बरफ बनेर। मानबिय अतिका विरुद्ध संकेत गरि रहिन । मान्छेले मात्र नदेखे झैं नबुझे झैं गरि रह्यो सदियौं सम्म। यो कोरोना अन्तिम चेतावनी हो। मान्छेहरुलाई सम्झाउने बुजाउने अवसर हो। आफ्नो अमूल्य धर्तीलाई पूजा गर्ने बेला हो। ८४ लाख योनिहरु सबैको साझा घर हो यो। मान्छे फगत तिनमा एउटा सानो प्राणी मात्र हो। किन यति धेरै धर्तीको बिनासमा लम्केको मान्छेको जात बिर्सेर अरु प्राणी बनस्पति जलचर कीट पतङ्ग सबैको अस्तित्वो ? जंगलहरु फ़ाड्यो। पहाडहरु फोर्यो। धर्तीलाई छिया छिया पारेर छेड्यो। जमिनमुनि जमिन माथि आकास पाताल सबैले नपुगेर अब चन्द्रमा, मंगल ग्रह सबैमा आफ्ना कर्तुतहरु बढाउदै छ| दिन दुई गुणा रात चौगुणा। कोरोनाले बिश्वो त्राहिमाम भएर घर भित्र लुकी रहंदा मान्छेले अब त चेत्यो कि भन्ने लागेछ प्रकृतिलाई। मान्छेले अबत सिके छ कि पाठ भन्ने लागेछ धर्तीलाई। मान्छे अब पुरै बदलियो भन्ने घोसणा गरेछ सफा आकासले। सङ्गलिएका खोला खोल्सा, निस्फिक्री डुलिरहेका बनचर, थलचर सबै सबैलाई यो अनुपम शान्ति देखेर मनुवा यसरि बदलिएर आफनै आदिम लयमा फर्किएको घोसणा गरे। यता मान्छेका बस्तीमा सभा सम्मेलन गर्न नपाए पनि प्रविधिको प्रयोगले जुम मिटिंगहरु भए।
विज्ञहरुले कार्बन न्यूनीकरण, नबीकरणीय उर्जा, साइकल लेन, इलेक्ट्रिक गाडी, सादा जीवन, योग, प्रकृति प्रेमका गीत गाए। कबिहरु जुर्मुराए आआफ्ना धर्ती प्रेम लिएर छन्दमा बेछन्दमा सबै सबै निस्किए। धर्ती तीन छक्क पर्यो यो अप्रत्याशित मान्छेको प्रकृति प्रेम धर्तीको पूजा देखेर। सनै सनै जब जब लक् डाउन खुल्न थाल्यो अनि देखियो शहर बजारमा भीड, रमाइला सामुन्द्रिक किनारका सुन्दर बीचमा मान्छेको जात ओइरियो। खायो पियो मोज गर्यो लाखौँको संख्यामा थुप्रिएको त्यो हुलले गरेको बिरूप दृश्य भोलि पल्ट पत्रिका र टेलिभिजनमा देखाइयो। फोहरको डङ्गुर, मिल्क्याइयेका क्यानहरु, स्न्याकका पोकाहरु, बियर र रक्सीका सिसाहरुको डङ्गुरले मान्छेलाई जिस्क्याई रह्यो ।
धर्ती, आकास, हिमाल, बन जंगल सबैले एक आपसमा कानेखुसी गरेर घोषणा गरे यो मान्छेको जात कहिल्यै बदलिँदैन , कशिल्यै सुध्रिँदैन ।
सम्प्रति: संयुक्त अधिराज्य बेलायत लेखक नबीकरणीय उर्जामा बेलायतबाट विद्यावारिधि गरेका छन् । ************************ डा. रामहरि पौड्यालको परिचय : माता दुर्गा देवी पौड्याल र पिता शालिग्राम पौड्यालकाका कोखबाट वि. सं. २०२६ साल फागुन १५ गते भरतपुर-१२ बसन्त चोकमा जन्मनु भएका उहाँ बेलायतको किङ्गसलिन भन्ने ठाउँमा सपरिवार बस्दै आउनु भएकोछ । बेलायतको क्याम्ब्रिज स्थित एङ्गलिया रस्किन युनिभर्सिटीबाट इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इञ्जिनियरिङ्गमा एम. एस्सी. गर्नु भएको छ भने बेलायतको स्वान्जी युनिभर्सिटीबाट इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इञ्जिनियरिङ्गमा पी. एच. डी. गर्नु भएको छ। साहित्यको साथ् साथै उर्जा र बाताबरणका बारेमा नविकरणिय उर्जा , उर्जाको स्त्तरोन्नती सम्बन्धि उहाँका अनुसन्धानात्मक आर्टिकलहरु विभिन्न अन्तराष्ट्रिय जर्नल , अन्तर्राष्ट्रिय सेमिनारहरु, काठमाण्डौ पोस्ट , हिमालयन टाइम्स , गोरखापत्र , नागरिक न्यूज लगायत विभिन्न अनलाइन पत्रिकाहरूमा समेत प्रकाशित भै रहन्छन् । उहाँ अन्तर्राष्ट्रिय साहित्य परिषदको आजीवन सदस्य हुनुहुन्छ ।
पहिलो लघुकथा “ब्याचलर अफ नर्सिंग कूलबधू ” बैजयान्तिको लघुकथा विशेषांकमा वि. सं. २०७३ मा प्रकाशित भएको छियो । उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य परिषदको आजीवन सदस्य हुनुहुन्छ । उहाँको प्रकाशित कृतिमा “ब्रिटिश वेदर ” कथा सङ्ग्रह- २०७६ , प्रकाशित छ भने लघुकथा सङ्ग्रह प्रकाशित हुन सकेको छैन ।