कविताः पत्रकारहरु

पत्रकारहरु

फलामका मेसिनहरुमा टाँसीन्छन्
पेलिन्छन् मसिहरु संगै
अनि वाहिर निस्कन्छन्
बैरङ्गी अक्षरहरु भएर
नेताको भाषण देखी लिएर
देशको शाशन सम्म
सडक, सदन
बन्द जुलुस
उज्यालो नहुदै
रात नपर्दा सम्म
खटिरहन्छन् ……..
कुनै जित कुनै हार
असहमती अनि अस्वीकार
लेखीरहन्छन्
अनि छापिन्छन् पत्र पत्र वनेर
विहान भाले नवास्दै
पुग्छन् चिया पसलमा
शहरका गल्लिहरुमा
पत्रकारहरु
अक्षर वनेर …….
ति अक्षरहरु पत्रकारका होइनन्
ति भाषणहरु पत्रकारका होइनन्
ति भनाईहरु पत्रकारका होइनन्
तर पनी पत्रकारहरु
अक्षर वन्न छाड्दैनन्
चाहे पक्षमा वोलोस् या
विपक्षमा वोलोस्
स्वतन्त्र रुपले हिड्छन्
पत्रकारहरु ……….
चल्छ तानातान कुर्सिको
हुन्छ हानाहान सत्ताको
वढ्छ द्धन्द गुटहरुको
देखिन्छ झगडा फुटहरुको
लड्नेहरु लडिरहन्छन्
फुट्नेहरु फुटिरहन्छन्
जुट्नेहरु जुटिरहन्छन्
तर लेख्छन् पत्रकारहरु
न्याय र अन्यायका कुरा
सहमति र समझदारीका कुरा
शान्ति र सद्भावका कुरा
समान गरेर
प्रत्येक नजरहरुमा आसीन पत्रकारहरु
फलामका मेसिनमा टाँसीन्छन्
पेलिन्छन् मसिहरु संगै
बैरङ्गी अक्षरहरु भएर
निलम कुमार शर्मा ‘‘अनिमेष’’
सामुदायीक रेडियो सारथी १०७.४
खर्वाङ वजार, बाग्लुङ

सेयर गर्नुहोस

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.