घाटु नाचको परिचय

घाटु नाचको परिचय

देवराज पुन
पाण्डवखानी ज्याथर वाग्लुङ

हरेक बर्षको बैशाखे पुर्णिमामा बुद्ध जयन्तीको अघिल्लो दिन समुन्दैी सतहवाट लगभग १० हजार फिट अग्लो घुम्टेको लेकमा चढेर सिद्ध भैरवको दर्शन गरेर पुजा आजा रमाईलो र ठट्टा गर्दै युवा यवती, वाल वालीका वुढवुढिहरु घुम्टे साइलो भाकाको गितमा रमाउदै दिनको लगभग २÷३ बजे तिर फुर्से सोरभनेको सिद्धथान डाडामा आईपुग्छन् । जहाँ उकालो र झर्दा ठाडै ओरालोको थकाई मेट्न चिया नास्ता खानपान गरेर त्यहाँ देखी तल झर्छन । पाण्डवखानीकै वार्ड नं. ८ काद्रेमा घन्कीन थालेको हुन्छ सति घाटु नाच र थपडिको संगीतमा छमछम ताल मिलाएर नाचेका हुन्छन् । घाटुनीहरु गरुवा गरुआमाले घाटुनीहरुलाई फुल अक्षता जलले छर्काउदै विभिन्न देवदेवीका नाम पुकार्दै गित शुरु गर्दछन् । गीत आफ्नै सुरमा वहन थाल्छ, यसरी गीत गाँउदै जल फुल, अक्षेता छर्कदै जाँदा घाटुनीहरु आफै झुलेका हुन्छन् र त्यस वेला आँखा आफै वन्द भएको हुन्छ । गित वाट जलैले जपी जपी दादै बाँधौला, अक्षेतिले जपी जपी कम्मर वाँधौला, वीरवलै जो जपी जपी शीरै वाँधौला भन्दै गितका भाव अनुसार कार्यहरु गरिन्छन् । बावै घुँडा टेकी टेकी उठौंला, पुर्वै दिशा मुहार फर्काई नाचौला, उठीमा नाच सरुमा रानी नाचौला भन्दै गित गाईन्छ । र घाँटुनीहरु छम छम गर्दै नाच्छन् । घुम्टे लेकमा सिद्ध र भैरवको दर्शन गर्न गई फर्केका सवै जसो दर्शनार्थीहर घाटु नाच र गीत सुन्न अनी ओइरो लागेको हुन्छन् । बैशाखे पुर्णिमाको दिन त झनै अन्य ठाँउहरुवाट पाहुनाहरु आई रमाइलो मानी मानी दुई रात दिन सम्म घाटु नाच र गीत को रसपान गरी फर्कन्छन् ।
घाटु गीत आफैमा विचित्रको छ । नयाँ घाटु शुरु गर्नेक्रममा बालीकन्या (रजस्वला नभएका) हरु गुरु वा र गरुआमाको अघि राखिन्छ । र गाँवैको सिमे भुमे तुम चली आउ , वाली कन्या कुमारीको शिरै झीकी आउ जस्ता गीतवाट देवी देवताको नाम पुकार्दै चोखो जल, फुल अक्षताले छर्कदै गइन्छ । यसो गर्दै जाँदा जुन कन्याको आङ चोखो छ । उसैलाई देवताले छोप्छ रर उ झुल्न थाल्छन् । अनी त्यसैलाई घाटुनी भनिन्छ । न मन्त्र, न टुनामुना, न तन्त्र यसरी आफै कन्याहरुको आँखा वन्द भै झुले पछि फेरी त्यही गीत नगाउँदा सम्म आखा वन्दै भएर रहन्छ । आखिरमा जुन देवी वा देवताले छोपेको हो । उसैको नाम लीई वाली कन्या कुमारीको शिरवाट पाखै सरी जाउ गीत नगाए सम्म आखा खुल्दैन ।
सत्य युगमा जमदग्दी ऋषिले आफ्नी श्रीमतीले परपुरुष संग नाजायज कार्य गरेको रीसमा आफ्नो छोरा परशुराम लाई आमाको घाँटि रेटेमा आफुले आशिर्वाद दिने र त्यो आर्शिवादले नै उसले सोचेको कुरा सवै सिद्ध हुने वाचा अनुसार परिशुरामले आफ्नो आमाको घाँटि रेटेर हत्या गर्दछ । वावु खुशि भै वरदान माग भन्दा मलाई मेरी आमा नै चाहिन्छ भनी वरदान माग्छ तर आमा नव्यूँतीएको र सोही आमाको सम्झना मा घाटु नाच शुरु गरी आएको भन्ने किम्वदन्ती छ । तर सत्य तथ्य कुराहरु खोज्न वाँकी नै छ । घाटु नाचमा सवै जसो कथा वस्तु परशुराम राजा र उनका चार वटी सुरुमा रानी, मैयारानी , सीता रानी र अम्वा वती रानीमा आधारीत गीतहरु गाइन्छ ।
यो घाँटु नाँच र गीत कहिले र कसको पाला देखी शुरु भएको हो भन्ने वारेमा लिखित इतिहास पाउन नसकिएत पनी यो डेढ दुई सय वर्ष अघि देखी चल्दै आएको हो ।
गित र नाच प्रस्तुत गर्दै जाने क्रममा राम र लक्ष्मण शिकार खेल्न मधुवनमा पसेको गीतहरु पनी गईन्छ । विचविचमा विभिन्न सामाजिक प्राकृतिक समय ऋतु याममा गीतहरु पनी आउछन् । जस्तै
फाल्गुन जाँदा चैत लाग्दा चल्यो वतास
रुखको पात भुईमा झर्यो वनै उराठ
लाग्यो वरै वसन्त ऋतु वनै हरीयो
पशुपन्छी मुश्यको मनै यो भरीलो
लाग्यो फेरी जेठ महिना घुम्यो चरीखा
चिवे चरीले भाकै फेर्यो लाग्यो पाखीमा
कुवा पानी सर्सी आयो मेघै वर्षेर
खोला नाला वाढी आयो मेघै वर्षेर
यी माथीका चार पक्तिंहरुले प्रवृतिको विभिन्न स्वरुपहरुलाई नै दर्शाएको छ । धान रोप्न आली ताछ्ने, खोक लगाउने, विउ उखेल्ने जस्ता गितहरु पनी आउँछन् ।
विउ काड्ने खेतालीले चाँडै काड्न
हलो जोत्ने हलपती दाजै चाडै जोतन
खोप लाउने खोपारे दाजै चाँडै लगाउन्
धानै रोप्ने खेतालीले चाँडै रोपन
रोप रानी रोप गैरीखेत चाडै रोपन
धानै रोप्ने अम्वावती रानी चाडै रोपन
वावै ज्यूको टारी खेत चाँडै रोपन
यसरी चार वटै रानीहरुले चारवटै खेतहरु पुतला खेत, टारीखेत, गैरीखेत, ठुलो खेत, रोपे पछि आराम विश्राम गरी खाजा भुजा खाने गितहरु गाईन्छ ।
यस्तै क्रममा जोगीया र परशुराम राजा त्रिपासा खेल्ने गीत गाँउछ । त्यसै वेला देखी राजा परशुरामको कुदिन शुरु भएको अनुभव गर्न सकिन्छ । एक दिन राजाको दरवारमा एउटा जोगी आलोक गर्दै पासा खेल्ने इच्छा राख्दछ । राजा र जागीया पासा खेल्न तम्सेर पासा ढल्दा जोगीयालाई चारै दाउ हारर्ने र राजालाई चारै दाउ जित्ने दाउ हुन्छ । यसरी जोगीया राजा संग हारेर भिक्षा माग्दै आफ्नो वाटो लागेछ । त्यस पछि परशुराम राजाले आफ्नो पुरानो शत्रु पर्वते राजा संग युद्ध गर्न जाने निर्णय लिन्छन् । साइत जुराउने पण्डितहरुले यस वर्ष राजाको कुनैपनी हालतमा जित नहुने र ठुलै अनिष्टहुने ठोकुवा गरेर नजाउ न भन्दा पनी राजाले ढिपीनै गर्छन् । सुरो दिन आइतवार पाइलो सारी मंगलवार गर्ने सल्लाह दिन्छन् । राजाले त्यसै गर्छन् । र सम्पुर्ण फौज हात्ती, घोडा, सहित लडाईको मैदानमा पुग्छन् । पर्वते राजालाई सुचना दिएर पर्वते राजाका फौज युद्ध मैदानमा झर्छन् । दुवै पट्टिवाट शंखघोष गरेर यद्ध शुरु हुन्छ । यद्धमा परशुराम राजा तर्फ ठुलो क्षती हुन गै सम्पूर्ण फौजको मृत्यू हुन्छ । आखीरमा राजा आफै लड्न तयार हुन्छन् ।
परशुरामको सवै फौज भए खतम
आफै राजा परशुराम त लड्न तयार
घुँडे हात्ति, कम्मरै कसी लड्न तयार
एक हातमा तरवार , अर्को हातमा ढाल
राजा परशुराम र पर्वते राजाका फौज वीच घमासान यद्ध हुँदा राजाको पाउमा घाउ लाग्छ । –त्यती वेला घाटुको राजा हुने चाँही ढल्मलाउछ । र त्यस पछि क्रमसः तिघ्रा, कम्मर, कुम हुदै शिर लाग्यो घाउ भनी गीत गाउदा घाटुनी मध्ये एक चाँही ढल्छ । र त्यसैलाई राजा मानिन्छ । यसरी राजा ढलेपछि रानीहरुको विरह विलौना का भावहरु व्यक्त भएका गीतहरु सुनीन्छन् । यसरी
सई र सपना नराम्रो देखे
हाम्रो राजा स्वामीलाई त के कसो भयो र
रगतको खोला वगेको देखे
आफ्नै घरमा आगो लागेको देंखे
आकाशमा उड्ने काली कौवा सत्य भन्देउ विन्ती
हाम्रो राजा स्वामी ज्यूको खवर पायौ की
सत्य होला, साँचो होला
तिम्रो स्वामी परशुराम त मरे रणमा
भनी कागले खवर सुनाएपछि रानीहरु आफ्नो नावालक छोरालाई धाईआमाको जिम्मा लगपाउँदै यसरी अराउँछन् ।
दुध मुखे वालकलाई भोक लाग्ला
कनिकाको रोटी वनाई खृुवाई दिनु
दुध मुखे वालकलाई दुध प्यास लाग्ला
बलेनीको पानी पियाईदिनु
दुध मुखे वालकलाई निद्रा लाग्ला
दुवार कुना छेवैमा सुताई दिनु
हामी त जान्छौं स्वामीको खोजी तिमै्र भर परी भन्दै चारै रानी स्वामीको खोजीमा जान्छन् । जादा जादा आफ्ना स्वामीलार्य लडाईको मैदानमा मृतक अवस्थामा देखेपछि सवभन्दा पाउमा हेर्छन् र पाउको घाउ देखेपछि रानीले खाए मुर्दा भनी गीत गाईन्छ । यसरी नै क्रमसः तिर्घाको घाउ देखेपछि कुमैको घाउ देखे, आखिरमा शिरको घाउ देखे रानीले खाए मुर्छा जस्ता गीत गाँउदा घाटु मध्येकी रानी चाँही मैदानमा ढल्छीन् वा मुर्छा पर्छिन् । रानी घाटु को मुर्छाई पछि यी गीतहरु गाईन्छ ।
शिला पथ्थर फोडी फोडी भाटी चिनिदेउ
चन्दैको हाँगै काटी सवै पाँजीदेउ
ठलेनी मा आगो पारी आगै लगाईदेउ
म त जान्छु स्वामी सँगै सती, आगै सल्काई देउ
भन्दै विलौना गीत गाई चारै रानीहरु परशुराम राजा संग साथमा सती गएका हुन्छन् ।यसै कथामा आधारीत यो सति घाटु त्यस दिनका लागी पुरा गरिन्छ । मैदानमा ढलेका ति घाँटुनीहरु व्यूँताउन यी गीतहरु गाईन्छ ।
सुनकल्छे झरीमाको जलै छर्कौला
फटकीको अक्षतीले छर्कौला
चमरी गाईको पुच्छरैले हमकैला
बेतैको डाण्डिले ठोकौंला
जागो रे राजा, जागो रा जागो रानी पावै जागैला
यिनै गीतहरु दोहोर्याउदै पाउ, तिघ्रा, कम्मर , कुम र आखिरमा शिरै जागैला भन्न्ने गीतहरु गाँउदा ढलेका घाटुनीहरु चलमलाउन थाल्छन् । र रक्त चन्दन डाली समाई उठैला जस्ता गीतहरु गाँउदा उनीहरु उठ्छन् । यसरी फेरी पनी घाटुनीहरुको जिउ हयाङ्ङ हलुको पानी पुनः नचाईँन्छ । र आखिरी गरिन्छ । वीर रस करुण रस आदिले भरिपुर्ण भएको यस घाटु गीतले कहिले कसैलाई गीतको भावमा डुवेर धुरुधुरु रुवाएको हुन्छ । त कसैलाई खित्का छोड्ने गरी हसाएको हुन्छ ।
यो घाटु नाच र गीत कहिले र कसको पालामा देखी शुरु भएको हो भन्ने वारेमा लिखित इतीहास पाउन नसकिएता पनी यो डेढ दुई सय वर्ष अघि देखी चल्दै आएको हुन सक्ने कुरा १०४ वर्षे वयोवृद्ध स्वर्गीय नर वहादुर काउचा घर्तिले आज भन्दा ३ वर्ष अगाडी हामा्र स दोय गुरु गिरि प्रसाद थापालाई वताउनु भएको थियो रे । हाल नर वहादुर काउचा घर्तिको मृत्यू भै सकेको छ । उहाँ आफुले थाहा पाउने हुदा यो नाच नाच्ने र गाउदै गरेको आफ्ना वाजेले यो नाच पहिले देखीनै चल्दै आएको हो भन्ने कुरा वताउनु भएको कुरा उहाँले शिक्षक गिरी प्रसाद थापा संग वताउनु भएको थियो रे । यस वाट पनी हामीले यो गीत र नाच निकै पहिले देखी परम्परागत रुपमा चल्दै आएको सहजै अनुमान गर्न सकिन्छ । त्यती वेला पढेलेखेका व्यात्तिःहरुको खाँचो भएको कारण यो घाटु गीत जिजुले गाएको वाजेले सुनेर वाजेले गाएको वावुले सुनेर वावुले गाएको छोराले सुनेर सुनेकै आधारमा गीतहरु गाँउदा गीतहरु मुखामुख हुदै आउदा विचैमा छुटेको पनी हुन सक्ने कुरा हाम्रा गुरुवा गरुआमाहरुले स्वीकार्नु हुन्छ । त्येसैले यस पाण्डवखानीमा रहेको यो घाटु गीतथ र नाचलाई संरक्षण गििर वचाएर पछि आउने पुस्तालई सुम्पनका लागी प्रभावकारी रुपमा अघि वढाउनका लागी यहाँ युवाहरुले हरेक वर्ष वैशाखे पुर्णिमामा खेलकुद तथा अन्य विभिन्न किसिमका कार्यक्रमहरुको आयोजनागरी खुशि र हर्षोल्लासको विच मनाउने गर्दै आएका छन् ।
घाटु गीत र नाचलाई त्यस वर्षको लागी विषउनका लागी जेठको २० गतेको दिन घाटु सेलाउने कार्यक्रम हुन्छ । यस वेला विभिन्न देवदेवताको नाम लिदै पुजा आजा जस्तै धार घुप धजा भोग दिने गरेर घाटु सेलाउने काम हुन्छ । यसरी सरस्वती पुजिसकेपछि गुरुवा गरुआमाले सवभन्दा पहिला टिका लगाइए दिएर घाटुलाई विदा दिने कार्य हुन्छ । त्यसै गरी वा, आमा , साथी संगी इष्ट पित्र सवैलाई घाँटुनीहरुलाई टिका लगाई दिने गर्दछन् । अनि यस वर्षका लागी विदा हुन्छन् । यस वेला घाटुनी एउटि जाग्ीनीको रुप धारण गरी भिक्षा माग्दै विभिन्न तिर्थ घुम्न जाने विदाका गीतहरु गाईदा म विगारेर नरुने र मन नपग्लाउने पहिना कमै पाईन्छ । यसरी रुवाउदै हसाउदै यस वर्षको घटु नाच समाप्त हुन्छ । आखीरमा छ नै महिना वर्ष दिन तिर्थ घुम्ने र फेरी अर्को साल माघ पछि भेट हुने वाचा गर्दै घाटुनीहरु विदा हुन्छन् । यसरी
मुखीयाको धुरी खाँवो पौचाई छोडौंला
वाटोमा भाको मयल काडा पन्छाई छोडौंला
गाँउ घरको रोग व्याधी पन्छाई छोडौंला
परशुरामको ढाल तरवार सेलाई छोडौंला
राम लक्ष्ुमनको धनुवाण सेलाई छोडौंला
हाम्रो इस्ट देवता जल देवता वस ठेगानमा भनी सेलाईन्छ ।
समाप्त

सेयर गर्नुहोस

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.