अध्यक्षबाट सन्देश

विज्ञान र प्रविधिको विकाससंगै शिक्षा क्षेत्रमा गरिने कामहरु पनि आधुनिक सूचना प्रणालीबाट सम्पादन गर्नु गराउनु आजको आवश्यकता हो। यसलाई मध्यनजर गरी यस विद्यालयले आफ्ना समग्र गतिविधिहरु सरोकारवालाहरु समक्ष पुर्याउन विभिन्न सामाजिक संजालहरुको प्रयोग गर्दै आएकोमा तिनीहरुले मात्र नपुगी यस विद्यालयको आफ्नै वेवसाइट निर्माण गर्न आवश्यक भएको महसुस गरि यो वेवसाइट निर्माण गरिएको छ। यसबाट हाम्रा अभिभावक, पूर्व विद्यार्थी, शिक्षक कर्मचारीहरु, विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरु तथा यस विद्यालयको गतिविधिहरुको बारेमा जानकारी लिन चाहने जो कोहिले लाभ लिन सक्नु हुनेछ भन्ने विश्वास लिएको छु। हाल सम्म यस विद्यालयमा नमुना विद्यालयको कार्यक्रम कार्यान्वयन भैरहेको, साधारण तथा प्राविधिक धार तर्फ कक्षा १२ सम्म कक्षा सञ्चालन भैरहेको, विज्ञान सहित विभिन्न विषयमा अध्यापन भैरहेको र यस क्षेत्रमै नमुना अभ्यास गरिरहेको सन्दर्भमा वेवसाइट अभिन्न अंग बन्ने अपेक्षा गरिएको छ। प्रावि तहमा मात्रै स्थायी दरवन्दि रहेको यस विद्यालयमा हाल ४८ जना स्टाफ रहेको, सेवा क्षेत्रका वालवालिकाहरुलाई विद्यालयकै आफ्नै बस बाट सेवा दिइरहेको जानकारी गराउँद छु। यस विद्यालयलाई आजको स्थान सम्म ल्याइ पुर्याउन सहयोग गर्ने आदरणीय अभिभावक, विद्यार्थी, चन्दादाता, पूर्व शिक्षक, विभिन्न समितिका पदाधिकारी लगाएत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।

सेयर गर्नुहोस

कार्यक्रम

धान दिवस

धान दिवसकाे अवसरमा धान राेप्दै विद्यार्थि

01/01/2020 09:00 AM Kharbang

स्कुलको ५३ बार्षिक कार्यक्रम

स्कुलको ६०अाैं बार्षिक कार्यक्रम सफल रुपमा सम्पन्न भयो

2076 03:00 PM Kharbang

विद्यालयका विविध गतिविधि

कार्यक्रममा विद्यार्थिहरू उत्साहजनक सहभागि हुँदै ।

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.