प्रधानाध्यापकबाट सन्देश

आदरणीय अभिभावक, विद्यार्थी तथा सरोकारवाला ज्यूहरु सम्पूर्णमा नमस्कार ।
यस श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका बागलुङमा रहेको महत्वपूर्ण शिक्षालय मध्ये एक हो। यस विद्यालयले सिंगो बडिगाड गाउँपालिका र देशको शैक्षिक जगतलाई गुणस्तरीय बनाउनका लागि हरदम लागि परेको विद्यालयको रुपमा परिचित छ। यस विद्यालयको प्रशासकीय, प्राविधिक तथा भौतिक व्यवस्थापनमा अनवरत रुपमा सिंगो विद्यालय परिवार लागि परेको समेत अवगत गराउँदछु। यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु देशका महत्वपूर्ण जनशक्तिको रुपमा समेत राष्ट्रसेवकको रुपमा परिचालित छन्। त्यस्तै अन्य विभिन्न मुलुकमा पनि उच्च सम्मानजनक कार्यमा संलग्न रहेका छन्। त्यसैले यस विद्यालयलाई व्यक्तित्व विकास गर्ने साझा प्लेटफर्मको रुपमा यो विद्यालय परिचित छ। शिक्षाले भविश्यको मार्गचित्रलाई सहज बनाइदिने काम गर्छ, र यस विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेका विषयवस्तुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सदैव लागि परेको छ। विद्यालयमा बालवालिकाको चौतर्फि विकास गर्न यस विद्यालयले कुनै पनि किसिमको अतिरिक्त क्रियाकलापहरु परिचालन गर्नलाई कसुर राखेको छैन। जस्तै खेलकुद, हाजिरिजवाफ, बक्तृत्वकला प्रतियोगित आदि अनेकौं समय सान्दर्भिक क्रियाकलापहरु हुँदै आइरहेका छन्। त्यस्तै यस विद्यालयले बालवालिकाको सामाजिक तथा नेतृत्व विकासका लागि भनेर कक्षा ६ देखि माथि १२ कक्षा सम्ममा वार्षिक रुपमा लघु शैक्षिक भ्रमणको व्यवस्थापन र सहजिकरण विद्यालय प्रशासनबाट हुँदै आएको छ। यस विद्यालयमा विद्यार्थीको सक्रियतालाई तदारुकता राख्न बाल क्लव, जुनियर रेडक्रस सोसाईटि, सदन विभाजन लगाएत विभिन्न समुहहरु स्थापना गरि क्रियाशिल गराइरहिएको छ।

सेयर गर्नुहोस

कार्यक्रम

धान दिवस

धान दिवसकाे अवसरमा धान राेप्दै विद्यार्थि

01/01/2020 09:00 AM Kharbang

स्कुलको ५३ बार्षिक कार्यक्रम

स्कुलको ६०अाैं बार्षिक कार्यक्रम सफल रुपमा सम्पन्न भयो

2076 03:00 PM Kharbang

विद्यालयका विविध गतिविधि

कार्यक्रममा विद्यार्थिहरू उत्साहजनक सहभागि हुँदै ।

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.