हाम्रो बारे

यो विद्यालय २०१७ सालमा साविक दगातुम्डाडा गा.वि.स.को वडा नं. ६ मा स्थापना भएको हो। स्थापना काल देखि नै विभिन्न आरोह अवरोह पार गर्दै यहाँ सम्म आइरहेको छ। यसै क्रममा २०२८ सालमा वडा नं. ६, ७ र ८ लाई मध्येनजर गर्दै तिन वटै वार्डको पायक पर्नेगरि वडा नं. ७ को दनियामा स्थानान्तरण भएको विद्यालय २०५१ साल सम्म प्रावि तह १–५ सम्म रहेको थियो । २०५१ पछि २०६४ सम्म निमावि तह १–८ संचालन गरिएको थियो भने यसै विच २०५६ सालमा विद्यालयलाई दनिया वाट खर्वाङमा स्थानान्तरण गरिएको थियो । २०६४ देखि २०६८ सम्म मावि १–१० तह सञ्चालनमा रह्यो । २०६७ सालमा ऐतिहासिक स्वर्ण महोत्सव संचालन गरि विद्यालयलाई २०६९ सालमा उच्च मावि तह हालको कक्षा ११ र १२ तह सञ्चालन भैरहेको छ। शैक्षिक सत्र २०७४ वाट प्राविधिक धार सुरु गरि हाल कक्षा ९, १० र ११ मा वालिविज्ञान विषयमा पठनपाठन शुरुभएको छ। भने यस वर्षवाट कक्षा ११, १२ मा मानविकि, वाणिज्य र शिक्षाको अलवा विज्ञान तथा वालिविज्ञान संकाय चलिरहेको छ। शैक्षिक वर्ष २०७४ मा नमुना विद्यालयमा छनौट भएको यस विद्यालयले त्यस संग सम्बद्ध भौतिक पूर्वाधार तथा शैक्षिक वातावरण नमुना अनुकुल बनाउँदै लैरहेको यहाँहरुमा जानकारी गराउन पाउँदा अत्यन्तै गौरव लागिरहेको छ।

सेयर गर्नुहोस

कार्यक्रम

धान दिवस

धान दिवसकाे अवसरमा धान राेप्दै विद्यार्थि

01/01/2020 09:00 AM Kharbang

स्कुलको ५३ बार्षिक कार्यक्रम

स्कुलको ६०अाैं बार्षिक कार्यक्रम सफल रुपमा सम्पन्न भयो

2076 03:00 PM Kharbang

विद्यालयका विविध गतिविधि

कार्यक्रममा विद्यार्थिहरू उत्साहजनक सहभागि हुँदै ।

Copyright © Shree Tribhuwan Secondary School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd.